काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक अहिले साढे ८ बजे जुममार्फत बस्नेछ।
कार्यसम्पादन समितिका अधिकांश सदस्य निर्वाचनका सिलसिलामा काठमाडौँ बाहिर रहेकाले जुममार्फत बैठक गर्न लागेको हो।
तीन एजेन्डा तय गरिएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकका लागि नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका ०८२‚ नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका-०८२ र केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषयलाई एजेन्डा तय गरिएको छ।