२४ माघ २०८२
अ+
अ-

काठमाडौँ। त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले आफ्नो ८०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले विविध कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा उत्कृष्ट शिक्षक‚ कर्मचारी तथा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षक‚ कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिको निरन्तर सहयोगका कारण विद्यालय आजको अवस्थामा आइपुगेको उल्लेख गरेका थिए।

सूचना अधिकारी डिल्लीराम पौडेलका अनुसार विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब ४५०० विद्यार्थी अध्ययनरत छन्। गत वर्ष कक्षा १० मा ६ विद्यार्थीले ४.० जीपीए प्राप्त गर्दै विद्यालयले ९८ प्रतिशत उत्तीर्ण भएका थिए। कक्षा १२ मा पनि ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जानकारी दिए।