काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ माघ २०८२
प्रधानमन्त्री सुशीला कार्की।
अ+
अ-

काठमाडौँ। आईसीसी टी-ट्वेन्टी विश्वकपमा दुईपल्टको विजेता इङ्ल्यान्डसँग जितनजिक पुगेर पनि नेपाल पराजित भएको छ। मुम्बईस्थित वाङखेडे रंगशालामा आइतबार भएको समूह ‘सी’ को पहिलो खेलमा नेपाल ४ रनले पराजित भएको हो।

नेपाली टिम पराजित भएपछि प्रधानमन्त्री सुशीला कार्कीले खेलको नियम जित-हार भएको बताएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी छन्‚ “जित-हार खेलको नियम हो । हामीले कसरी खेल्यौँ, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ ।”

त्यसअघि उनले बलिङ राम्रो भएको र ब्याटिङ पनि राम्रो हुने उल्लेख गरेकी थिइन्। “आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्ध नेपालको खेल : बलिङ राम्रो भो, ब्याटिङ पनि राम्रो होस् ।” यो पोस्टमा प्रधानमन्त्री कार्कीले एउटा तस्बिर पनि सेयर गरेकी छन्। जहाँ उनी सरकारी निवास बालुवाटारमा क्रिकेट हेरिरहेको तस्बिरमा छिन्।

यो पनि…

अन्तिम तीन ओभरमा चुकेको नेपाल

मुम्बईको वानखेडे रंगशालामा खेलिएको खेलमा, इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको थियो। तर नेपाल ४ रनले पराजित भयो।

नेपाल र इङ्ल्यान्डबीचको खेल अन्तिम बलसम्म रोमाञ्चक रह्यो। २०औँ ओभरको अन्तिम बलमा नेपाललाई जितका लागि ६ रन आवश्यक थियो, तर एक रन मात्र बनाउन सक्यो।