काठमाडौँ। राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ।
राष्ट्रियसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा उनले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए।
राष्ट्रियसभाको अर्काे बैठक यही माघ २८ गते दिउँसो १ः१५ बजे बस्नेछ।
काठमाडौ। राष्ट्रिय सभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ।
राष्ट्रिय सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा उनले पर्यटनलाई विविधीकरण र प्रवर्द्धन गर्न विधेयक ल्याइएको बताए।
यसैगरी बैठकले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ। नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका संयोकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो। राष्ट्रिय सभाको अर्काे बैठक यही माघ २८ गते दिउँसो १ः१५ बजे बस्नेछ।