काठमाडौँ। टी-२० विश्वकपको बहुप्रतिक्षित भारतसँगको खेलमा पाकिस्तान सहभागी हुने भएको छ।
पाकिस्तानले फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान उत्रिने भएको छ।
यसअघि पाकिस्तान सरकारले भारतसँगको खेल नखेल्ने घोषणा गरेको थियो। तर त्यसपछि भएका निरन्तरका छलफलबाट हिजो बेलुका पाकिस्तान सरकार र आईसीसीबाट एकैसाथ खेल्ने निर्णय भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
पाकिस्तान सरकारका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए।