काठमाडौँ। आईसीसी टी-२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन्।
समूह ‘ए’का दुई र समूह ‘डी’को एक गरेर मंगलबार तीन खेल हुन लागेका हुन्।
पहिलो खेलमा बिहान सवार ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी दोस्रो खेल न्यूजील्यान्ड र युएई बिच बिच भारतको चेन्नाईमा हुनेछ। समूह डी मा रहेका यी दुई टिम बिचको खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ।
दोस्रो खेलमा न्युजिल्यान्ड र यूएई भिड्दैछन्। यो खेल दिउँसो सवा ३ बजे शुरू हुनेछ। न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ। न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो।
मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन्। यो खेल साँझ सवा ७ बजे शुरू हुनेछ। प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन्।