काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज बाँके जिल्लाको कार्यक्रममा पुग्ने भएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति शर्मा आज बिहान ११ बजे बाँकेका पार्टीका सबै उम्मेदवारसहितको जिल्ला स्तरीय वृहत भेलामा सहभागि हुनेछन्।

शर्माले बाँकेसहित बर्दिया, दाङ, रूपन्देही र पाल्पा गरी पाँच जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको छ।

उपसभापति शर्मा माघ २८ गते दाङ, माघ २९ गते रूपन्देही र फागुन १ गते पाल्ला जिल्ला स्तरीय वृहत भेलामा पुग्ने कार्यक्रम छ।