काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा नौ सय रुपैयाँले बढेर तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ।