काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

२९ माघ २०८२
त्रिभुवन विमानस्थल। फाइल तस्बिर
अ+
अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते प्रदर्शन गर्ने घोषणा भएपछि बिहीबारदेखि लागू हुने गरी आदेश जारी गरिएको हो।

आदेशअनुसार गोल्डेन गेटदेखि विमानस्थल परिसर, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्रलगायत सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन तथा सभा गर्न पाइने छैन।

विमानस्थल संवेदनशील क्षेत्र भएकाले सम्भावित तोडफोड र आगजनीजस्ता गतिविधि रोक्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। निषेधित क्षेत्रबाहेक शान्तिपूर्ण भेला र अभिव्यक्तिको अधिकार कायम रहने पनि स्पष्ट गरिएको छ।