काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज साढे चार अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ४.५२ अंकले बढेर २६६६.६१ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ५५ वटा स्क्रिप्सको ६४ हजार ४०७ कित्ता सेयर ३ करोड ९ लाख ३४ हजार ९९ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घटेको छ । बाँकी ३ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।