काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुमपूर्वबाट शुभकामना सन्देश जारी गरेका छन्।

जनयुद्धको आधार इलाकाको रूपमा रहेको रुकुमपूर्वमाबाट सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति सम्मान व्यक्त गरेका छन्।

उनले जेन जेड आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै मुलुकमा उत्पन्न भएको संकट समाधानको लागि सबैमा अपिल पनि गरेका छन्।

‘जेन जेड आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको छ। विध्वंशले सिर्जना गरेको संकट समाधानको लागि सम्पूर्ण राष्ट्रिय राजनीतिक शक्ति एक हुनुपर्छ,’ प्रचण्डले भनेका छन्, ‘निर्वाचनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न पनि म हार्दिक अपिल गर्दछु।’

उनले भने छन्, ‘हामी सहिदका सपना पूरा गर्ने, रुकुम, रोल्पा जस्ता केन्द्रीय आधार इलाकाले खेलेको भूमिकालाई फेरि एकचोटि देशभरि स्थापित गर्ने जिम्मेवारी पूरा गर्नु छ। म त्यही उद्देश्यका साथ र एउटा नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको छु ।’