२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । राप्रपाले नेपाल बन्द कहिल्यै नगर्ने घोषणा गरेको छ। आज अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा नेपाल बन्द सधैँका लागि बन्द गर्ने संकल्प गरेको हो।

घोषणापत्रमा भनिएको छ, ‘नेपाल बन्दको संस्कृतिले देशको आर्थिक विकासका साथै सामाजिक जनजीवनमा अत्यन्तै नकारात्मक प्रभाव पारेको छ। यस तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गर्दछ।’

स्वास्थ्य, हवाई, खानेपानी, विद्युत्, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत विभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइने पनि उल्लेख छ।