काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

३ फाल्गुन २०८२
रंगशालाका अगाडि सुरक्षाको बन्दोबस्त मिलाउँदै सुरक्षाकर्मी। तस्बिर स्रोत : टाइम्स अफ इन्डिया
अ+
अ-

काठमाडौँ। भारत र पाकिस्तानबीच टी–२० विश्वकपको बहुप्रतीक्षित खेल हेर्न भारतबाट १८ हजार र पाकिस्तानबाट १२ हजार समर्थक श्रीलंका पुगेको भारतीय अखबार टाइम्स अफ इन्डियाले दाबी गरेको छ।

अखबारमा प्रकाशित लेखमा आइतबार साँझ कोलम्बोमा हुने खेलका लागि भारतबाट मात्र १८ हजार समर्थक पुगेको दाबी गरिएको छ। यस्तै, यी टोलीबीच खेलका लागि ट्राफिक नियमन गर्न दुई हजार प्रहरी र खेलाडीको सुरक्षाका लागि ६०० सैनिक खटाइएको श्रीलंकाली अखबार मिररले जानकारी दिएको छ।

खेलाडीहरूको सुरक्षाको प्रत्याभूति गर्न भारतीय खुफिया एजेन्सी ‘रअ’ र पाकिस्तानको ‘आइएसआई’ का पदाधिकारीहरू पहिलेदेखि नै कोलम्बोमा रहेको मिररको रिपोर्टमा प्रकाशित छ।

विश्वकपअन्तर्गत आज हुने भारत–पाकिस्तानबीचको खेललाई लिएर सर्वत्र चासो छ। टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध भारतसँग ७–१ जितको अग्रता छ। यी दुई टोली २०२५ एसियाकपको फाइनलपछि भिड्न लागेका हुन्। अन्तिम खेलमा भारत पाँच विकेटले विजयी भएको थियो।