सिड्नी। तीन खेलको टी-२० शृंखलाको पहिलो खेलमा भारतीय महिला क्रिकेट टोलीले अस्ट्रेलियालाई पराजित गर्यो।
सिड्नीमा भएको खेलमा वर्षाका कारण डीएलएस विधि लागु गर्नुपर्यो। जसमा भारतीय टोलीलाई २१ रनले विजेता घोषणा गरियो।
खेलमा पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले १८ ओभरमा १३३ रन बनाएर आउट भयो। भारतका लागि अरुन्धती रेड्डीले सर्वाधिक चार विकेट लिइन् भने रेणुका सिंह र श्री चरणीले दुई-दुई विकेट लिए।
जवाफमा भारतीय टोलीले आफ्नो इनिङको ५.१ ओभर मात्र खेल्न सक्यो र वर्षाका कारण खेल रोकियो। भारतीय टोलीले एक विकेट गुमाएर ५० रन बनाएको थियो।
भारतका लागि स्मृति मन्धना १६ रनमा अविजित थिइन्। सफाली बर्माले २१ रनको योगदान गरेकी थिइन्।