काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले घटेर ३ लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा ४ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ८८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ।