काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसले आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ । आज दिउँसो साढे १२ बजेदेखि काठमाडौँको राष्ट्रियसभागृहमा चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्न लागिएको हो ।

बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।

कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले बुधबार धनुषाको जनकपुरधामबाट पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । प्रतिज्ञापत्रमा समावेश विषयमा सोही कार्यक्रममार्फत विस्तृतमा जाकारीसहित प्रश्नोत्तर कार्यक्रम राखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।