सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशबाट चुनावी वाचापत्र सार्वजनिक गरेको छ।
बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेसहितले वाचा पत्र सार्वजनिक गरेका हुन्।
रास्वपाले धनगढीपछि सुर्खेतमा दोस्रो चुनावी सभा गरिरहेको छ।
वाचापत्रमा रास्वपाले मध्यम वर्गको विस्तारलाई महत्व दिएको छ। रोजगारी सिर्जना, प्रभावकारी स्वास्थ्य बीमा, दलमूक्त राज्य संयन्त्र, न्याय सुधारमा मेटिरोक्रेसी, सरकारी सुधारमा लाइन होइन, अनलाइन, निजी क्षेत्रसँग साझेदारी, करको बोझ हटाउने, १० वर्षमा मध्यम आय भएको मुलुक बनाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आय तीन हजार डलर र ७ वर्षमा एक सय अर्ब डलरको अर्थतन्त्र बनाउनेजस्ता विषय समेटेको छ वाचापत्रमा समेटिएको छ।
यस्तो छ पूर्णपाठ :