काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा तय भएको चुनावी सभा स्थगित गरेको छ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको उपसभापति डोल प्रसाद अर्यालले बताएका छन्।
अर्यालले गरेको पत्राचारमा भनिएको छ,‘उपरोक्त सम्बन्धमा प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा यही फागुन ९ गते रुपन्देहीको भैरहवामा परिवर्तन उद्घोष सभा गर्ने भनिएकोमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन् गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउँदछौं।
कतिपयले भने हिजो दाङमा रास्वपाका कार्यकर्ताहरुले एमालेको झण्डा जलाएकोले त्यसको प्रतिरोध हुनसक्ने सूचना पाएपछि रास्वपाले भोलिको उद्घोष सभा स्थगन् गर्न लागेको भनेर विश्लेषण गरेका छन्।