काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

११ फाल्गुन २०८२
अ+
अ-

​ललितपुर। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषालले ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदयशमशेर राणाको व्यक्तित्वमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी गरेकी छन्।

नमुना महिला सञ्जाल गोदावरी नगरपालिकाले आयोजना गरेको निर्वाचनलक्षित भेलामा उनले राणा कुनै दाग नलागेको, भ्रष्टाचारविरोधी र इमानदार नेता भएको बताइन्। उनले राणाको नेतृत्व र निष्ठामाथि कसैले औँला ठड्याउन नसक्नेमा जोड दिँदै उनको विजय नै क्षेत्रको विकासको आधार भएको दाबी गरिन्।

उनले कांग्रेस अब पूर्ण रूपमा बदलिएर नयाँ परिवेशमा आएको र यो देशको नेतृत्व अब पार्टी सभापति गगनकुमार थापाले गर्ने ठोकुवा गरिन्। विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको बताउँदै उनले राष्ट्रको समृद्धिको स्पष्ट मार्गचित्र पार्टीको घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिइन्। बिनाएजेन्डा केवल भ्रम छर्न चुनावमा आउनेहरूलाई जनताले यसपटक मत नदिने उनको दाबी छ।