काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१२ फाल्गुन २०८२
दुर्गा प्रसाईं
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामा नराख्न मंगलबार आदेश जारी गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामा नराख्न बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको हो।

४ फागुन २०८२ मा निर्वाचन आयोगले अनुसन्धान गरी थुनामा राख्न भन्दै प्रहरीलाई पत्र पठाएपछि हिरासतमा लिइएको थियो। प्रसाईंलाई जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर हिरासतमा राखिएको थियो।

प्रसाईंले आफूलाई विनाकारण पक्राउ गरी हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए। सर्वोच्चले उनको मागअनुसार बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको हो।

सर्वोच्चले प्रसाईंलाई थुनामा राखेको विषयमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल फाइल मगाउने सोमबार आदेश गरेको थियो। न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले निर्वाचन आयोगको पत्र पठाएको र त्यसैअनुसार पक्राउ गरिएको भन्नेबारे निर्णयसहितको सक्कल फाइल मगाउन आदेश गरेको थियो ।