काठमाडौँ । रुस र युक्रेनबीच युद्ध सुरु भएको चार वर्ष पुगेको छ । यस अवसरमा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको आत्मबल तोड्न वा आफूले सुरु गरेको युद्ध जित्न नसकेको बताएका छन् । युद्धमा युक्रेनी जनताले ‘असाधारण साहस’ देखाएको भन्दै उनले प्रशंसा पनि गरेका छन् ।
मंगलबार गरिएको सम्बोधनमा उनले २४ फेब्रुअरी २०२२ मा सुरु भएको रूसी आक्रमण स्मरण गर्दै आफूहरुले युक्रेनको स्वतन्त्रता जोगाएको बताए ।
जाडोयाममा ऊर्जा पूर्वाधारमाथि भइरहेको कडा आक्रमण र शान्ति वार्तामा प्रगति नहुँदा पनि युक्रेन डटेर उभिएको बताउँदै उनले भने, ‘हामीले हाम्रो स्वतन्त्रता जोगाएका छौं । हाम्रो राज्यसत्ता हराएको छैन ।’
उनले भनेका छन्, ‘भ्लादिमिर पुटिन (रूसी राष्ट्रपति)ले आफ्नो लक्ष्य हासिल गरेका छैनन् । उनले युक्रेनी जनतालाई तोड्न सकेनन्, यो युद्ध जित्न सकेनन् ।’