काठमाडौँ
००:००:००
१३ फाल्गुन २०८२, बुधबार

प्रतिनिधिसभा निर्वाचन

पार्टीभन्दा नेता र विचारभन्दा व्यक्ति हाबी

१३ फाल्गुन २०८२
नेताहरू हृदयेश त्रिपाठी, विष्णु पौडेल, प्रदीप ज्ञवाली, बृजेशकुमार गुप्ता, पुष्पकमल दाहाल, वर्षमान पुन, गोकर्ण विष्ट, शंकर पोखरेल, चन्द्र भण्डारी र सर्वेन्द्र शुक्ला।
अ+
अ-

बुटवल। लुम्बिनी प्रदेशमा चुनाव नयाँ अनुहार र योजना मात्र लिएर आउँदैन, यसले वर्षौंदेखि सत्तामा पुगिरहेका नेताहरूको सत्तामोहलाई पनि अनुमोदन गरिरहेको छ। यहाँ ३०–४० वर्षदेखि एउटै नेताले मतदातासँग बारम्बार जनादेश मागिरहेका छन्।

चुनावी राजनीतिका पाका नेताका रूपमा चिनिने नवलपरासीका हृदयेश त्रिपाठीको विगत पनि यस्तै छ। २०४८ सालमा नवलपरासी ३ मा नेपाल सद्‌भावना पार्टीबाट उम्मेदवार रहेका त्रिपाठीले त्यसबेला कांग्रेसका नन्दलाल मिश्र र एमालेका शान्ता मानवीलाई पराजित गरेका थिए। २०५१ सालमा सोही क्षेत्रमा कांग्रेसका त्रियुगीनारायण थारू चौधरीलाई पराजित गरे।

२०५६ सालमा पनि त्रियुगीनारायणलाई नै पराजित गर्दै त्रिपाठी सांसद बने। २०६४ सालमा मधेसकेन्द्रित दल तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेर नवलपरासी ६ मा लडेका उनी कांग्रेसका देवकरण कलवारलाई हराउँदै संविधानसभा सदस्य बने। २०७० सालमा भने त्रिपाठीले उनै कलवारसँग पराजय भोगे। तर, २०७४ सालमा कलवारलाई हराउँदै फेरि त्रिपाठी सांसद बने। २०७९ सालमा भने उनी कांग्रेसका विनोद चौधरीसँग पराजित भए।

पहिलो चुनावी अनुभव लिएको ३९ वर्षपछि पनि त्रिपाठीमा थकान छैन। उनी फेरि नवलपरासी बर्दघाट सुस्ता पश्चिम  १ मा जनता समाजवादी पार्टीबाट चुनावी मैदानमा छन्।

पहिलो चुनावी अनुभव लिएको ३९ वर्षपछि पनि त्रिपाठीमा थकान छैन। उनी फेरि नवलपरासी बर्दघाट सुस्ता पश्चिम  १ मा जनता समाजवादी पार्टीबाट चुनावी मैदानमा छन्। यस अवधिमा उनी पाँचपटक मन्त्रीसमेत भइसकेका छन्।

लुम्बिनीको संसदीय राजनीतिका अर्का चतुर खेलाडी हुन्, कपिलवस्तुका बृजेशकुमार गुप्ता। २०५६ सालको संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका गुप्ता अहिले कपिलवस्तु २ बाट चुनावी मैदानमा छन्। २०५६ सालको निर्वाचनमा उनीसँगै लडेका कांग्रेस नेता दीपकुमार उपाध्याय सक्रिय राजनीतिमा छैनन्।

यसअघि गुप्ताले २०६४ र २०७० सालको संविधानसभा पहिलो र दोस्रो निर्वाचनमा कपिलवस्तु ३ बाट चुनाव जितेका थिए। २०७४ सालको निर्वाचनमा कांग्रेस नेता सुरेन्द्र आचार्यलाई पराजित गरेका गुप्ता २०७९ सालमा भने आचार्यसँगै पराजित भए।

दशकौँदेखि संसदीय राजनीतिमा सक्रिय अर्का व्यक्ति हुन्, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल। २०५१ सालको निर्वाचनमा पाल्पा ३ बाट पहिलो चुनाव जितेका पौडेल पाँच पटक सांसद र आठ पटक मन्त्री बनिसकेका छन्।

संसदीय राजनीतिमा राप्रपा, तमलोपा र एमालेबाट सांसद जितेका उनले जेन-जी आन्दोलनताका एमाले परित्याग गरेको घोषणा गरे पनि पुनः एमालेमै फर्किएका थिए। चार पटक सांसद जितेका गुप्ता २६ वर्षदेखि संसदीय राजनीतिमा छन्।

दशकौँदेखि संसदीय राजनीतिमा सक्रिय अर्का व्यक्ति हुन्, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल। २०५१ सालको निर्वाचनमा पाल्पा ३ बाट पहिलो चुनाव जितेका पौडेल पाँच पटक सांसद र आठ पटक मन्त्री बनिसकेका छन्। २०५४ सालमा युवा तथा खेलकुदमन्त्री बनेका पौडेल अर्थमन्त्री नै दुई पटक भइसकेका छन्।

२०५६ सालमा रुपन्देही ३ मा कांग्रेस नेता सूर्यप्रसाद प्रधानसँग पराजित पौडेलले २०६४ सालको संविधानसभा निर्वाचनमा प्रधानलाई नै पराजित गरेका थिए। त्यसयता पौडेल २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा रुपन्देही २ बाट लगातार विजयी हुँदै आएका छन्। २०८२ को निर्वाचनमा पाल्पा २ मा उम्मेदवारीको टुंगो लगाएका पौडेल अन्तिम समयमा रुपन्देही २ मै फर्किएका थिए।

नेपाली राजनीतिका चर्चित खेलाडी पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि घुम्दैफिर्दै लुम्बिनी प्रदेशकै रुकुम पूर्व आइपुगेका छन्। राजनीतिक जीवनको छैटौँ निर्वाचन क्षेत्रका रूपमा रुकुम पूर्व आएका उनले यसअघि काठमाडौँ, रोल्पा, सिरहा, चितवन र गोरखाबाट चुनाव लडेका थिए।

अर्का नेता हुन्, गुल्मीका गोकर्ण विष्ट। २०५६ सालमा चुनावी राजनीतिमा प्रवेश गरेका विष्टले यसबीचका पाँच निर्वाचनमध्ये चारमा विजय हासिल गरेका छन्। ३४ वर्षको उमेरमा २०५६ सालमा पहिलो चुनाव लडेका उनले कांग्रेसका तत्कालीन सभापति त्रैलोक्यप्रताप सेनलाई पराजित गरेका थिए। २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा उनले जित हासिल गरे। यसपटक उनी गुल्मी निर्वाचन २ मा कांग्रेसका भुवन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीसँग चुनावी मैदानमा छन्।

रुपन्देहीका सर्वेन्द्रनाथ शुक्ला संसदीय राजनीतिका अर्का खेलाडीका रूपमा चिनिन्छन्। शुक्ला अहिले रुपन्देही ४ बाट चुनावी मैदानमा छन्। २०४८ सालको चुनावमा सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिएका शुक्ला पराजित भएपछि २०४९ सालमा जिल्ला विकास समिति रुपन्देहीको उपसभापति निर्वाचित भए। २०५१ सालमा भएको निर्वाचनमा राप्रपाबाट उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भए।

२०५२ सालमा जलस्रोत सहायक मन्त्री बनेका शुक्लाले २०५४ सालमा वाणिज्यमन्त्री, सूचना तथा सञ्चारमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र वन तथा भूसंरक्षणमन्त्री र भूमिसुधार मन्त्रीको कार्यभार सम्हालिसकेका छन्। २०६१ सालमा एकाएक नेपाल विद्युत् प्राधिकरणको अध्यक्ष बनेका उनले २०६२/६३ आन्दोलनलगत्तै तमलोपा स्थापनामा भूमिका निर्वाह गरे। २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा शिक्षामन्त्री बनेका शुक्ला २०७० सालमा रुपन्देही ६ बाट र २०७९ सालमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट रुपन्देही ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

पटक पटक सत्ताको स्वाद चाखेका उनी अहिले जसपा नेपाल र लोसपाबीच एकीकरण भएर बनेको जसपा नेपालबाट रुपन्देही ४ मा उम्मेदवार छन्।

गुल्मीका कांग्रेस नेता चन्द्र भण्डारी र एमाले नेता प्रदीप ज्ञवाली आपसमा पाँचौँ पटक भिड्दै छन्। २०६४ सालयताका निर्वाचनमा यी दुई एकअर्काका प्रतिस्पर्धी हुन्।

नेपाली राजनीतिका चर्चित खेलाडी पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि घुम्दैफिर्दै लुम्बिनी प्रदेशकै रुकुम पूर्व आइपुगेका छन्। राजनीतिक जीवनको छैटौँ निर्वाचन क्षेत्रका रूपमा रुकुम पूर्व आएका उनले यसअघि काठमाडौँ, रोल्पा, सिरहा, चितवन र गोरखाबाट चुनाव लडेका थिए।

नेकपाका वर्षमान पुन २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा ललितपुर १ बाट विजयी भएका थिए। २०७० सालमा मोरङ १ बाट पराजित पुनले २०७४ र २०७९ सालमा गृहजिल्ला रोल्पा १ बाट चुनाव जिते।

पुन नेकपाबाट पटक पटक अवसर पाउने नेतामध्ये पर्छन्। २०६७ सालमा झलनाथ खनाल नेतृत्वको मन्त्रपरिषद्‌मा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका पुनले २०६८ सालमै बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थ मन्त्रालय सम्हालेका थिए। २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बने। पुन यसपटक पनि नेकपाका तर्फबाट रोल्पा १ मै उम्मेदवार छन्।

राजनीतिक यात्रामा लामो समयदेखि निर्वाचन लड्दै आएका अर्का नेता हुन्, एमाले महासचिव शंकर पोखरेल। यस पटक दाङ २ मा उम्मेदवार रहेका पोखरेलको यो सातौँ निर्वाचन हो। २०५१ सालमा दाङ २ बाट विजयी भएका उनी २०५६ सालमा कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भए। २०७० सालको दोस्रो संविधानसभा चुनावमा दाङ ४ मा कांग्रेसकै बुद्धिराम भण्डारीसँग पराजित भए। २०६४ सालको पहिलो संविधानसभामा भने उनी समानुपातिक सभासद् थिए। त्यसबेला उनी सूचना तथा सञ्चारमन्त्री बने।

पार्टीभन्दा नेता बलियो हुने, संगठनभन्दा व्यक्तिगत पहुँच निर्णायक हुने र मतदाताले नयाँ विकल्पभन्दा चिनेकै अनुहार रोज्ने लुम्बिनीको यस्तो प्रवृत्तिले पुस्तान्तरण र नयाँ राजनीतिक विचारको विकासमा चुनौती दिइरहेको देखिन्छ।

२०७४ सालको आमनिर्वाचनमा पोखरेल प्रदेशसभामा चुनाव लडे। वाम गठबन्धनको बलमा कांग्रेसका कमलकिशोर घिमिरेलाई हराएर लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित पोखरेल ३ फागुन २०७४ देखि २७ साउन २०७८ सम्म मुख्यमन्त्री बने। २०७९ सालमा पुनः प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका उनी माओवादी केन्द्रकी रेखा शर्मासँग १९३ मतले पराजित भए।

गुल्मीका कांग्रेस नेता चन्द्र भण्डारी र एमाले नेता प्रदीप ज्ञवाली आपसमा पाँचौँ पटक भिड्दै छन्। २०६४ सालयताका निर्वाचनमा यी दुई एकअर्काका प्रतिस्पर्धी हुन्। २०५६ सालमा निर्वाचित ज्ञवाली २०६४ र २०७४ सालको निर्वाचनमा भण्डारीलाई हराउँदै विजयी भएका थिए। २०७० र २०७९ सालमा भण्डारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी ज्ञवाली नै थिए।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट चुनावी राजनीति थालेका बाँकेका नेता हुन्, मोहम्मद इस्तियाक राई। दल अदलबदलमा माहिर उनी यस पटक बाँके २ मा एमालेबाट उम्मेदवार बनेका छन्।

उम्मेदवारीका हिसाबले राईको यो पाँचौँ निर्वाचन हो। २०७९ सालको निर्वाचनमा उनी जनता समाजवादी पार्टी (जसपा), नेपालबाट उम्मेदवार बनेर चुनाव जितेका थिए। २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति सुरु गरेका राई २०६२/६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गरे। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा फोरमबाट उम्मेदवारी दिएका उनी बाँके २ बाट निर्वाचित भए। २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी श्रम तथा यातायात व्यवस्थामन्त्री बनेका थिए। २०७० सालको निर्वाचनमा भने उनी पराजित भएका थिए।

२०७४ सालको संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकासमन्त्री भए। २०७८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०८२ सालमा उम्मेदवारी दर्ताको दुई दिनअघि जनता समाजवादी पार्टीको महासचिव छाडेर उनी एमाले प्रवेश गरे।

लुम्बिनी प्रदेशमा दशकौँदेखि सदन र सत्तामा रहेका नेताहरूको प्रशासनिक पहुँच, विकास बजेटमा प्रभाव, कार्यकर्ता र समर्थकको संरक्षण तथा सञ्जाल विस्तारमा प्रभाव तथा विकासे योजनाको ठेक्का र राजनीतिक नियुक्तिका कारण सधैँ उनीहरू शक्तिमा रहेको विश्लेषकहरू बताउँछन्।

चुनावी राजनीतिका अर्का पुराना नेता हुन्, नेकपाका घनश्याम यादव अहिर। रुपन्देही १ बाट उम्मेदवारी दिएका यादवको यो छैटौँ निर्वाचन हो। २०५१ सालमा राष्ट्रिय जनमोर्चाबाट नवलपरासीमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका उनी पराजित भएसँगै एमाले प्रवेश गरेर २०५६ सालमा पुन: रुपन्देही १ बाट उम्मेदवार बनेका थिए। तर, त्यसपटक पनि कांग्रेसका दुर्योधनसिंह चौधरीसँग झिनो मतान्तरले पराजित भए। त्यसपछि माओवादी केन्द्र प्रवेश गरे।

२०६४ सालको चुनावमा रुपन्देही १ बाट निर्वाचित उनी बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला स्थानीय विकास राज्यमन्त्री बने। त्यसपछिका २०७४ र २०७९ सालमा भएका निर्वाचनमा भने उनले पराजय भोगे।

लुम्बिनी प्रदेशको यो चुनावी चित्रले देशकै संसदीय संस्कृतिको वास्तविक तस्वीर देखाउँछ। पार्टीभन्दा नेता बलियो हुने, संगठनभन्दा व्यक्तिगत पहुँच निर्णायक हुने र मतदाताले नयाँ विकल्पभन्दा चिनेकै अनुहार रोज्ने लुम्बिनीको यस्तो प्रवृत्तिले पुस्तान्तरण र नयाँ राजनीतिक विचारको विकासमा चुनौती दिइरहेको देखिन्छ।

लुम्बिनी प्रदेशमा दशकौँदेखि सदन र सत्तामा रहेका नेताहरूको प्रशासनिक पहुँच, विकास बजेटमा प्रभाव, कार्यकर्ता र समर्थकको संरक्षण तथा सञ्जाल विस्तारमा प्रभाव तथा विकासे योजनाको ठेक्का र राजनीतिक नियुक्तिका कारण सधैँ उनीहरू शक्तिमा रहेको विश्लेषकहरू बताउँछन्। विश्लेषक रामचन्द्र श्रेष्ठ वर्षौंदेखि एउटै व्यक्ति उम्मेदवार बन्नुले पार्टीभित्रको आन्तरिक पद्धति छर्लंग पारेको बताउँछन्। केही नेताहरूले पार्टी र राजनीति कब्जा गरेको बताउने उनी भन्छन्, “युवालाई कार्यकर्तामा सीमित गर्ने र नेताहरू सधैँभरि उनीहरूलाई शासन गर्ने मनस्थितिमा छन्। केही हदसम्म जेन-जी आन्दोलनको कारक पनि यो हो।”