काठमाडौँ
००:००:००
१३ फाल्गुन २०८२, बुधबार

टी-२० विश्वकप

१३ फाल्गुन २०८२
इंग्ल्यान्ड क्रिकेट टिम।
अ+
अ-

काठमाडौँ। आईसीसी टी-ट्वेन्टी विश्वकपको सुपर एटमा इंग्ल्यान्डले पाकिस्तानलाई दुई विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डले रोमाञ्चक खेल पाँच बल बाँकी छँदै जित आफ्नो पोल्टामा पार्‍यो।

योसँगै इंग्ल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो। इंग्ल्यान्डले सुपर एट चरणमा लगातार दुई खेल जितेको छ।

कप्तान ह्यारी ब्रुकले इंग्ल्यान्डको जितमा महत्त्वपूर्ण भूमिका खेले। ब्रुकले मात्र ५१ बलमा १०० रन बनाएर इंग्ल्यान्डलाई जितको नजिक पुर्‍याए।

उनी पभेलियन फर्किएपछि इंग्ल्यान्डले थप दुई विकेट गुमायो। खेलमा एकपटक पुन: धरमरको अवस्था आयो। अन्त्यमा जित इंग्ल्यान्डले आफ्नै पोल्टामा पार्न सफल भयो।

पाकिस्तानका लागि साहिन शाह अफ्रिदीले चार विकेट लिए। मोहम्मद नवाज र उस्मान तारिकले दुई-दुई विकेट लिए।

खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। इंग्ल्यान्डलाई १६५ रनको लक्ष्य दियो।

पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले सर्वाधिक ६३ रन बनाए। बाबर आजम र फखर जमानले पनि २५-२५ रन बनाए।

इंग्ल्यान्डका लागि लियाम डसनले सर्वाधिक तीन विकेट लिए। जोफ्रा आर्चर र जेमी ओभरटनले दुई-दुई विकेट हात पारे।

स्कोर :
पाकिस्तान : १६४/९ (२० ओभर)
इंग्ल्यान्ड : १६६/८ (१९.१ ओभर)