काठमाडौं। नेपाल टेलिकमले आफ्नो सम्पूर्ण भौतिक संरचना र सम्पत्ति जोगाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ। दूरसञ्चार सेवाको विकास र विस्तारमा निरन्तर योगदान दिइरहेको स्मरण गराउँदै टेलिकमले सार्वजनिक अपिल जारी गरेको हो।
अपिलमा भनिएको छ, “नेपाल टेलिकम नेपाली जनताको आफ्नै साझा सम्पत्ति भएकाले यसको सुरक्षा र संरक्षणमा सबैले विशेष ध्यान दिनुपर्छ।”
कम्पनीले आपतकालीन अवस्था, राष्ट्रिय विपत्ति वा अन्य असाधारण परिस्थितिमा पनि निरन्तर सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै जनतासँग सद्भाव राख्न र सम्पत्ति संरक्षणमा साथ दिन अनुरोध गरेको छ।