काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

तेल अबिब। इरानबाट प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र मध्य इजरायलको बेत शेमेंश सहरमा खसेको छ। क्षेप्यास्त्र खस्दा ६ जनाको मृत्यु भएको छ। २० जनाभन्दा बढी घाइते भएका छन्।

एम्बुलेन्स सेवा मगेन डेबिड आदोमका अनुसार बेत शेमेंश सहर जेरुसेलमबाट करिब ३० किलोमिटर पश्चिममा पर्छ।

मगेन डेबिड आदोमका प्रवक्ता जाकी हेलरले टेलिभिजनमार्फत दिएको वक्तव्यमा बेत शेमेंशमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ।

इजरायली सेनाले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा आक्रमण भएको स्थानमा खोजी तथा उद्धार टोली, चिकित्सक समूह र घाइतेको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ।

सेनाका अनुसार घटनास्थलमा उद्धार तथा उपचार कार्य जारी छ र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।