काठमाडौँ। ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ।
आगलागी भएको केही समयमा दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए।
आठौँ तलामा रहेको दाउरा थकाली पूर्ण रुपमा जलेर नष्ट भएको छ। दाउरा थकाली बाहेक अन्य ठाउँहरूमा भने क्षति नभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीमा कुनै मानवीय क्षति भएको छैन।
काठमाडौँ। ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ।
मंगलबार दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए।
आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।



