काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२० फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा ११ हजार रूपैयाँले घटेर ३ लाख १७ हजार ६ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोलामा पाँच हजार ६ सय रुपैयाँ बढेर तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला २ सय ७५ रूपैयाँले घटेर चाँदी ५ हजार ५ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।