काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको छ।
भोलि (२१ फागुनमा) हुने प्रतिनिधिसभा निर्वाचनको मतदानका लागि कर्मचारीहरू खटिइसकेका छन्। मतदान केन्द्रमा मतदानका लागि बुथहरू बनाइँदै छन्।
आज साँझसम्म मतदानका लागि सबै तयारी पूरा हुने निर्वाचन आयोगले जनाएको छ।
यसैबीच कर्मचारीहरूले ललितपुरको नाग बहालमा मतदान केन्द्र तयारी लगभग पूरा गरेको अवस्था छ।
हेरौँ मतदानका लागि मतदान केन्द्र निर्माणको अन्तिम तयारीमा रहेको नागबहाल केन्द्रको थप तस्बिर :
