काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ।
निर्वाचनको अघिल्लो दिन प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनअघि सबै निकायका प्रमुखहरूसँग छलफल गर्न बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्।
बैठकमा (भोली) २१ फागुनमा हुने निर्वाचनको तयारी र सुरक्षाको विषयमा छलफल हुने बताइएको छ।