काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान केन्द्रको व्यवस्थापन भएको छ।
मतदानका लागि मतदान केन्द्रको व्यवस्थापन गर्न देशैभर नेपाल प्रहरी, निर्वाचन प्रहरी, स्थानीय र निर्वाचन अधिकृतहरू काममा खटिएका छन्।
निर्वाचन हुने अघिल्लो दिन देशका विभिन्न ठाउँमा मतदास्थलहरू तयार पारिएका छन्। हेरौँ काठमाडौँ, भक्त्तपुर, ललितपुरलगायत विभिन्न जिल्लाका मतदान केन्द्रका थप तस्बिर :
जुम्लाको तिला गाउँपालिका-१ स्थित रारामा रहेको सीता मावि विद्यालय मतदान केन्द्रमा तयार गरिएको मतदानस्थल । तस्बिरः विजय रावत/रासस

भक्तपुरको ठिमीमा तयार गरिएको मतदानस्थल। तस्बिर : बिक्रम राई

ललितपुरको पाटन दरवार स्क्वायर मतदानस्थल तयार गरिँदै। तस्बिर : बिक्रम राई

दार्चुलामा तयार गरिएको मतदान केन्द्र। तस्बिर : नरेन्द्रसिह कार्की/रासस

काठमाडौँमा मतदानस्थलमा तयारी गर्दै कर्मचारी । तस्बिर : बिक्रम राई

पोखराको पार्दी मावि मतदानस्थलमा तयार गरिएको मतदान बुथ। तस्बिर : कृष्ण दवाडी /रासस

बैतडीको पाटन नगरपालिका-१० स्थित सरस्वती मावि सल्लेबासामा निर्माण गरिएको मतदानस्थल। तस्बिर :डम्बर बोहरा/रासस

झापाको दमकस्थित श्री पाणिनि माध्यमिक विद्यालयमा तयार गरिएको मतदानस्थल। तस्बिर : नेपाल फोटो लाइब्रेरी

भक्तपुरको दत्तात्रय मन्दिरमा तयार पारिएको मतदान केन्द्र। तस्बिर : बिक्रम राई