काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ फाल्गुन २०८२
अ+
अ-

तनहुँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा मतदान सुरु भएको छ । जिल्लाका १४४ मतदानस्थल र ३०९ मतदान केन्द्रमा मतदान सुरु भएको हो।

निर्वाचन क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र १५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र १५६ मतदान केन्द्र कायम छन् । यहाँ दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।

तनहुँमा पुरुष मतदाताको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ कायम छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको यहाँ क्षेत्र नम्बर १ मा एक लाख २६ हजार ८८२ र र क्षेत्र नम्बर २ मा एक लाख २७ हजार ५१५ मतदाता कायम छन् ।