काठमाडौँ। निर्वाचन सुरक्षाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनको ‘मनिटरिङ’ गरेका छन्।
मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको कन्टोलमा बसी सबै निर्वाचन क्षेत्रको समन्वय र सहकार्य गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिए।