काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म सटल बस सेवा उपलब्ध गराइएको छ । उक्त सेवा बिहान ५ बजेदेखि सुरु गरिएको छ भने बिहीबार साँझ ७ बजेसम्म सञ्चालन हुनेछन् ।