काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव आजको प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएनन्।

राष्ट्रपति पौडेल मतदानमा सहभागी नभएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। सबै नागरिक र राजनीतिक दलको साझा अभिभावक र संविधानको पालक एवं संरक्षक भएका कारण राष्ट्रपति मतदान प्रक्रियामा सहभागी नभएको पोखरेलको कथन छ। उनले नेपालन्युजसँग भने‚ “सम्माननीय राष्ट्रपतिज्यू संविधानको संरक्षक र मुलुकको अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णयमा पुग्नुभएको हो।”

त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि मतदानमा सहभागी भएका छैनन्। उनका प्रेस संयोजक दिनेश यादवले भने‚ “उपराष्ट्रपतिजस्तो गरिमामय पदमा आसिन व्यक्तिले मतदान गर्न नमिल्ने त होइन। तर पदीय निष्पक्षताका लागि मतदानमा सरिक नहुने निर्णय गर्नुभएको छ।”