काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२१ फाल्गुन २०८२
अ+
अ-

रसुवा। आज बिहान ७ः०० बजेदेखि सुरू भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म रसुवा जिल्लाभरमा १० दशमलव ४४ प्रतिशत मतदाताले मतदान गरेका छन्।

मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार रसुवाका ५७ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। जिल्लामा ४१ हजार ४७१ मतदाता छन्।

सदरमुकाम धुञ्चे रसुवा मावि केन्द्रमा बिहान ११ः०० बजेसम्म २३१ जना मतदाताले मतदान गरेका छन्। कैदीबन्दीका लागि राखिएको कारागार मतदान केन्द्रमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।