काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२१ फाल्गुन २०८२
फाइल तस्बिर ।
अ+
अ-

रसुवा। रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ५७ मतदान केन्द्रबाट कुल २५ हजार ४५८ मतदाताले मतदान गरेका छन्।जिल्लामा कुल ४१ हजार ४७१ मतदाता रहेका थिए।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार जिल्लाभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मतदान कार्य सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा सदरमुकाम ल्याउने काम सुरु गरिएको हो।

मतपेटिकाको सुरक्षाका लागि जिल्लामा तैनाथ नेपाली सेना श्रीश्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ।

सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतपेटिका ढुवानी कार्य अघि बढाइएको जनाइएको छ। भौगोलिक रूपमा विकट रहेको लाङ्टाङ क्षेत्रबाट मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ।