काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

विराटनगर। मोरङ क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता लिएका छन्।

कटहरी गाउँपालिकाका दुईवटा वडाको गणना सकिँदा राजवंशीले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ३ हजार १ सय ६५ मत बढी प्राप्त गरेका हुन्।

आज बिहान ६ बजेसम्म कटहरी गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको छ। जसअनुसार रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले ३ हजार ८ सय ५८ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार गुरु घिमिरेले ६ सय ९३ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, नेकपा का उम्मेदवार अमनलाल मोदीले ६ सय ७१ मत प्राप्त गरेका छन् भने नेकपा एमाले का उम्मेदवार जीवन घिमिरेले ४ सय ११ मत पाएका छन्।

कटहरी कटहरी १ मा ३ हजार ३७ मत र कटहरी २ मा ३ हजार ४७८ मत खसेको थियो । अहिले मतगणना कटहरी गाउँपालिक भित्रको अन्य वडाको जारी रहेको छ । यस क्षेत्रमा १ लाख २ सय ५५ मध्ये ८० हजार ३ सय ३० मत खसेको छ ।