काठमाडौँ। नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले जन अभिमतको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्।
चुनावको प्रारम्भिक परिणाममा पार्टीको कमजोर प्रदर्शनपछि विश्वकर्माले सामाजिक सञ्जालमा संयम, धैर्यता र समझ आवश्यक भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। अनेक संशयका बीच यो शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। सबैमा हार्दिक बधाई छ। मात्तिने र आत्तिने जोखिम छ। तसर्थ संयम, धैर्य र समझ आवश्यक छ। अब परिणामको प्रतीक्षा गरौँ। जन अभिमतको सम्मान गरौँ।’
चुनावको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट बहुमतका साथ अघि बढेका छन्।