काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्रस्थानमा रहेका छन्। उनले अरू दलका उम्मेदवारको तुलनामा मत बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले ६ हजार सात सय मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै अस्मिन घिमिरेले दुई हजार ३२९ मतसहित दोस्रो स्थानमा रहेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसकी मीना खरेलले दुई हजार २२२ मत प्राप्त गरेकी छिन् भने नेकपाका प्रताप गुरुङले एक हजार ५५८ मत पाएका छन्। मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।