सुर्खेत। सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले ७९६ मतसहित अग्रता लिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार टेकबहादुर सिंह ठकुरी दोस्रो स्थानमा छन्। उनले ५४५ मत ल्याएका छन्।
नेकपा (एमाले)का उम्मेदवारले ४२७ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार जितबहादुर रानाले ७७ मत ल्याएका छन्।