काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ।

सुरुआतमा कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाबाट खसेका मतपत्रको गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणना जिल्ला समन्वय समितिको हलमा भइरहेको छ। सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको र सुरक्षा व्यवस्थासहित मतगणना भइरहेको छ।

निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी, नेकपा (एमाले)का प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले उम्मेदवारी दिएका छन्।

दलीय र स्वतन्त्र गरी जम्मा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत कृष्णप्रसाद पाैडेलले जानकारी दिए। क्षेत्र नम्बर १ मा कुल मतदाता एक लाख २२ हजार १८६ रहेकामा ६४,७८७ मत खसेको छ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा कुल दुई लाख २९ हजार ५४९ मतदाता छन्।