काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२३ फाल्गुन २०८२
अ+
अ-

स्याङ्जा। स्याङ्जा क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका रेग्मी २९ हजार ७१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् । जापानबाट पीएचडी गरेका रेग्मी त्रिविको भूगोल विभागमा अध्यापन पनि गरेका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गरेका छन्।

साे क्षेत्रमा नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टी नेकपाका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत पाएका छन्।