म्याग्दी। म्याग्दीबाट पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
२२ हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छन्। म्याग्दीमा कुल ८६ हजार ३९७ जना मतदाता रहेकामा बिहीबार सम्पन्न निर्वाचनमा ४६ हजार २१५ मत खसेको थियो।