काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट दुई पटक सांसद र मन्त्रीसमेत भइसकेका प्रदीप यादवलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धिप्रसाद पन्त विजय भएका छन्।

पन्तले २७ हजार २७४ मत प्राप्त गरेका छन् भने यादवले १३ हजार ३० मत प्राप्त गरेका छन्। त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रुंग्टाले ११ हजार ८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नन्दकिशोरप्रसाद श्रीवास्तवले एक हजार २७२ मत प्राप्त गरेका छन्

यादव मधेसकेन्द्रित दल जसपाबाट राजनीतिको सुरुआत गरेर पटक पटक सांसद पनि भएका थिए। तर, पार्टी फुटाएर मन्त्री बनेका थिए।

जसपा नेपालसँग पार्टी एकता गर्दा पनि टिकट नपाएपछि उनी नेकपा (एमाले)मा प्रवेश गरेर निर्वाचन लडेका थिए।