काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तेस्रो पटक हार बेहोरेपछि दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि दलीय राजनीतिमा नरहने घोषणा गरेका हुन्।

‘विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु’ उनले भनेका छन् ।

‘मैले आज जे निर्णय लिँदै छु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोची-बिचारी लिँदै छु,’ उनले भनेका छन्, ‘देशभरि राजसंस्था पुन:स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई संगठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु।’

पार्टी परित्याग गरे पनि मिश्रले राजसंस्था पुन:स्थापना तथा सुशासनलगायत मुद्दामा अडान कायम राख्ने र स्वतन्त्र रूपमा रहने बताएका छन्।