सुर्खेत। हुम्लामा नेपाली काँग्रेसका जयपती रोकाया निर्वाचित भएका छन्। उनले ८ हजार ७९७ मत ल्याएर निर्वाचित भएका हुन्।
रोकायाका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनपस्ट पार्टी (नेकपा) का डा. दीपेन्द्र रोकायाले ७ हजार २४३ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेद्वार दल फडेराले ४ हजार ३३१ र रास्वपाका टासी ल्हाजोमले १०६४ मत ल्याएका छन्।