भोजपुर। भोजपुरमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले १ हजार २८७ मतले अग्रता कायमै राखेका छन्।
उनले १२ हजार ९६५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सचिव समेत रहेका शेरधन राईले ११ हजार ६७८ मत ल्याएका छन्।
यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ७ हजार १३५, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले ५ हजार ४८६ मत र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले ५ हजार ७५ मत ल्याएका छन्।
अहिलेसम्म अरुण गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, पौवादुम्मा गाउँपालिका, भोजपुर नगरपालिका, रामप्रसाद राई गाउँपालिका तथा षडानन्द नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ।
साल्पासिलिछाे गाउँपालिकाकाे मत गणना जारी छ। भने हतुवागढि गाउँपालिकाकाे मतगणना बाँकी छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको भोजपुरमा कुल मतदाता १ लाख २३ हजार ३७९ थिए, जसमा महिला ५९ हजार २५३, पुरुष ६४ हजार १२५ र अन्य १ जना हुन्। २१ फागुनमा सम्पन्न निर्वाचनमा भोजपुरमा ५८ हजार ६९ मत खसेको थियो।