कैलाली। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला १७ हजार २५५ मतान्तरसहित विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोरख बहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा एमालेका लेखराज भट्टले ९ हजार ४४४ मत, नेकपाका हरिराम चौधरी ले ५ हजार ६०९ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल रजवारले १ हजार ३५८ मत प्राप्त गरेका छन् ।
कुल १ लाख १५ हजार १४३ मतदाता रहेको यस क्षेत्रमा प्रत्यक्षतर्फ ६१ हजार ९४१ मत खसेको थियो । तीमध्ये ३ हजार ६६५ मत बदर हुँदा ५८ हजार २८३ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।