काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

उदयपुर। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पारशमणि गेलाल विजयी भएका छन्।

गेलाल करिब १९ हजार मतान्तरले विजयी भएका हुन्। उनले ३० हजार ५९० मत ल्याउँदा श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६०६ मत मात्र ल्याएका छन्।

यसअघि उदयपुर २ मा रास्वपाकै सूर्यबहादुर तामाङ सात हजार मतको अन्तरले निर्वाचित भइसकेका छन्। तामाङ १४ हजार ८०२ मत पाएर विजयी हुँदा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझीले सात हजार ६४८ मत पाएका छन्।