ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।
आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४९१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन्।
त्यसैगरी, उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले पाँच हजार ५४७ मत प्राप्त गर्दा नेकपा (एमाले)का प्रेमबहादुर महर्जनले चार हजार ५३६ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार ७६०, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले एक हजार २१७ र श्रम संस्कृति पार्टीका सरोज राईले ६०८ मत प्राप्त गरेका छन्।
यसैगरी, नेपाल मजदुर किसान पार्टीकी चिरीमैया महर्जन (लाखाजु)ले २०७, स्वतन्त्र उम्मेदवार उमंग केसीले ९९ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अष्टराज बज्राचार्यले ८७ मत प्राप्त गरेका छन्।